केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी

 केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले केन्द्रमा २८ गते नयाँ समीकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन् ।सोमबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस सहितको सरकार बन्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्र्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए । नयाँ समिकरण अनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरुको समर्थनमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका थिए । १० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।