पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी दरबाङ सडक खुल्यो

 काठमाडौँ, २४ असार  : पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्रयाक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको थियो । 

यसैबीच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए ।

फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताए । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । 

“यहाँ १८ वर्षअघि सडक खोल्नु पूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भने । 

प्रधानमन्त्री उद्धार कोषमा एमालेको रु ५० लाख सहयोग

प्रधानमन्त्री उद्धार कोषमा एमालेको रु ५० लाख सहयोग

कांग्रेस यमुनामाई गाउँ कार्य समितिद्वारा यमुनामाई गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी

कांग्रेस यमुनामाई गाउँ कार्य समितिद्वारा यमुनामाई गाउँपालिकामा अनिश्चितकालिन…

आकस्मिक बाढीमा उत्तरी थाइल्यान्डमा दुई हात्तीको मृत्यु

आकस्मिक बाढीमा उत्तरी थाइल्यान्डमा दुई हात्तीको मृत्यु

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्द…

प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण

प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण

लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन

लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की

मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णयहरु सार्वजनिक(सुचिसहित)

मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णयहरु सार्वजनिक(सुचिसहित)