उपसभामुख राना नेतृत्वको टोली चीन भ्रमणबाट स्वदेश फिर्ता

 प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज सोमबार स्वदेश फर्कीएकी छन् ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन् ।स्वदेश फर्केपछि उपसभामुख रानाले भ्रमण उपलब्धीमुलक भएको बताइन् । उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो बिकासका लागि भैरहेका प्रयासहरुबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन ।

भ्रमणका क्रममा उपसभामुखले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । उनले सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राखिन् ।

उनले राष्ट्रहरूबिच साझा समृद्धि र विकास एवम् सहकार्यको लागि चीनको प्रयास सह्रानिय रहेको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरु बिच कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न फोरमले योगदान पु¥याउने विश्वास पनि ब्यक्त गरिन् ।भ्रमणका क्रममा उनले चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाट पनि गरिन् । चीनियाँ कम्युनिष्ट पार्टी पार्टीका उपसचिव चेन योङ्ची लगायत पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन् ।

उक्त भेटमा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो । त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको थियो ।भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकिय सचिव कुमार नेपाली समेत सहभागि थिए । फोरममा भाग लिन माननीय उपसभामुखको भ्रमण टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसैगरी फोरममा सहभागी हुन चीन गएका राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गाणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन् । उनले फोरममा सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ संग भेटवार्ता पनि रेका थिए ।

भेटका अवसरमा निर्वतमान अध्यक्ष तिमिल्सिनाले नेपालको बिकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिदै चीन संग जोडिएका सिमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा लगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए ।यसैगरी नेपालबाट हाइलेज ( घाँस ), राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गरे ।

कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल, बीउ, बिरुवा र प्रबिधि उपलब्ध गराउन आग्रह गरेका थिए ।