तीन लाखभन्दा बढी जर्मन समर्थकले स्पेनसँगको खेल पुन: खेलाउन माग अनलाइनमा हस्ताक्षर सङ्कलन

तीन लाखभन्दा बढी जर्मन समर्थकले खेल स्पेनसँगको खेल पुन: खेलाउन माग गर्दै पेटिसन अर्थात् अनलाइनमा हस्ताक्षर सङ्कलन थालेका छन् ।

जारी युरोकपको ह्वार्टर फाइनलमा रेफ्रीको गल्तीका कारण स्पेन विरुद्ध खेल हारेको भन्दै जर्मन समर्थकले अनलाइनमार्फत खेल खेलाउन माग गरेका हुन् । नियमित ९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनिस खेलाडी मार्क कुकुरेल्लाको हातमा बल लागेको कुरालाई रेफ्री एन्थोनी टेलरले बेवास्ता गरेको भन्दै चेन्ज नामक वेबसाइटमा एरिक वीले खेल पुन: खेलाउन माग राख्दै अभियान थालेका थिए । त्यसैमा तीन लाख बढी जर्मन समर्थकले सहमति जनाएका हुन् । 

सो खेलमा जर्मनलाई स्पेनले अतिरिक्त समयमा निर्णायक गोल गर्दै २ः१ को अन्तरले जितेको थियो । तर स्कोर १-१ को बराबरी भएको समयमा कुकुरेल्लाको हातमा गोल लाग्दा रेफ्री टेलरले पेनाल्टी दिएनन् । यसका साथै तेस्रो रेफ्रीले पनि टेलरको निर्णयमा हस्तक्षेप गरेनन् । 

खेलपछि यो विषय विवादमा परिणत भयो । तर, फुटबल अधिकारीहरूले पहिले नै खेलाडीको पाखुरा अप्राकृतिक स्थितिमा हुँदा पेनाल्टी नहुने बताएका थिए । यद्यपि आउँदो बुधवार स्पेनले फ्रान्ससँग सेमिफाइनल खेल्ने निश्चित भइसकेको छ । यस कारण जर्मन समर्थकको माग पूरा नभए पनि प्रतीकात्मक विरोध हुने भने निश्चित छ ।