संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास बनाए : सांसद मनिष झा

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरेको बताउका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा माग गरिरहेको भन्दै यसले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरेको देखिएको बताएका हुन् । 

उनले कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थीति सिर्जना हुने डर पैदा भएको आरोप समेत लगाए । सांसद झाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति पनि आशंका व्यक्त गरे । उनले २०५९ सालमा ज्ञानेन्द्र शाहलाइ र २०६९ साल चैत्रमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाएझैं अहिलेको संविधान, सदन र सरकार नबुझाउन सुझाव दिए । 

नयाँ बन्ने सरकारले काम गर्न नसके आफूहरु पालो कुरेर बसेको भन्दै उनले कुनै बेचनको सहकार्यबिना नै देशलाई पार लगाउने दावी गरे । 

सांसद झाले सञ्चारमाध्यमका आएका तर्कहरुका आधारमा सहकारी प्रकरणमा संसदीय छानबिन गठन गरिएको भन्दै अहिले बाहिर आएका राजनीतिक पद अख्तियारीको दुरुपयोग गरेका घटनाहरुका सन्दर्भमा कुन समिति बनाउने भन्दै प्रश्न गरे ।