भारतीय बजारमा पेट्रोल बिनै चल्ने मोटरसाइकलको चर्चा

भारतीय बजारमा अहिले जताततै पेट्रोल बिनै चल्ने मोटरसाइकलको चर्चा छ । बजाजले उत्पादन गरेको संसारकै पहिलो सीएनजी मोटरसाइकलले चर्चा बटुलिरहेको हो।

बजाजले फ्रिडम नाम दिएको उक्त मोटरसाइकल पेट्रोल तथा सीएनजी मध्ये एकको मात्र प्रयोग गरेर चलाउन सकिने मोटरसाइकल हो ।नेपालमा यसको चर्चा कमै हुने गरेको भएता पनि भारतमा अहिले उत्पादन हुने सबैजसो कारहरूमा सीएनजी अप्सन हुन्छन् । सीएनजी भन्नाले बायो ग्यास हो ।

भारतीय बजारमा सीएनजी कारको प्रयोग धेरै भए पनि मोटरसाइकलमा भने अहिलेसम्म प्रचलनमा आएको थिएन । बजाजले पहिलो पटक उत्पादन गरेको सीएनजी मोटरसाइकलको चर्चा भारतमा मात्र नभइ नेपालमा समेत हुन थालेको छ ।

कम्पनीले १२५ सीसी सिंगल सिलिन्डर इन्जिनमा ल्याएको यो मोटरसाइकल सीएनजीको प्रयोग गरेर चलाउँदा धेरै माइलेज दिन्छ । भारतमा पेट्रोलको तुलनामा सीएजनी सस्तो पर्छ ।भारतमा उत्पादन भएका सबै जसो मोटरसाइकल नेपाल आउने गर्छन् । यस्तोमा भारतमा बिक्री सुरू भएको यो मोटरसाइकल नेपाल आउँछ आउँदैन भन्ने धेरैको जिज्ञासा हुन सक्छ ।

बजाज फ्रिडक १२५ नेपाली बजारमा आउने सम्भावना देखिँदैन । यसमा प्रयोग हुने सीएनजी नेपालमा साखै प्रचलनमा छैन । सीएजनीका कारण यो मोटरसाइकल नेपाल आउने देखिँदैन । यसमा पेट्रोल हाल्ने अप्सन समेत छ । तर, यसमा २ लिटर मात्र पेट्रोल हाल्न सकिन्छ । यस्तोमा यो मोटरसाइकल नेपाली ग्राहकहरूका लागि उपयुक्त देखिँदैन ।