भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री लामिछानेलाई एमालेलेकाे चुनौती

नेकपा एमालेले भ्रष्टाचारको फाइल खोल्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले गृहमन्त्रीलाई जति दिन पदमा हुनुहुन्छ खोजीखोजी सबै भ्रष्टाचारको फाइल खोल्न भनेका हुन् । अरुलाई धम्क्याएर मात्रै नहुने उनको भनाई छ ।

साथै प्रमुख सचेतकले सरकार अल्पमतमा पर्दा पनि रास्वपाका मन्त्रीहरुले साथ दिइरहनुमा पनि आशंका व्यक्त गरे । ‘सरकार बहुमत रहँदा केही दलका मन्त्रीहरु गोजीमा राजीनामा पत्र बोकेर हिँड्नुभयो । अहिले सरकार प्रत्यक्ष अल्पमतमा परेको छ । ती साथीहरुको गोजीमा रहेको राजीनामा कहाँ पुग्यो होला ?’ उनले भने । प्रधानमन्त्रीले कानेखुशी गरेको भरमा उनीहरु रोकिएको उनको आरोप छ ।