पृथ्वीको नजिक आउँदै उल्कापिण्ड,पृथ्वीको लागि बन्न सक्छ खतरा

काठमाडौँ– अन्तरिक्षबाट पृथ्वीमा धेरै खतरा आइरहेको छ । नासाले चेतावनी दिँदै एउटा ग्रह पृथ्वीको नजिक आइरहेको बताएको छ । यसको नाम २०२४ एमटी वन हो । प्रति घण्टा ६५ हजार २१५ किलोमिटरको रफ्तारमा यो पृथ्वीको नजिक आइरहेको छ ।

यो स्टेरेडम लगभग २६० फिट व्यास छ । सन् २०२४ को ८ जुलाईमा पृथ्वीको सबैभन्दा नजिक आउने प्रक्षेपण गरिएको छ । नासाले क्षुद्रग्रह २०२४ एमटी १ लाई पहिलो पटक नियर अर्थ आब्जेक्ट आब्जर्वेशन प्रोग्रामबाट पत्ता लगाएको थियो । यो पोग्राम पृथ्वीको नजिक आउने वाला स्टेरायड र धूमकेतुको ट्रयाक गर्ने गर्छ ।

यी वस्तुको निगरानीको लागि पृथ्वीमा दुरबिन र रडार प्रणालीको एक नेटवर्कको प्रयोग गरिएको थियो । २०२४ एमटी १ को खोज, यसको आकार र गतिको कारण चिन्ता बढ्दै गएको छ । तर नासाले यो ग्रह पृथ्वीसँग तुरुन्तै टकराब नगर्ने आश्वमसन दिँदै आएको छ ।

नासाको जेट प्रोपल्सन लेबोरेटरीलाई अन्य एस्टेराँयडको बाटोबाट निगरानी गर्दै आएको छ । जेपीएलको स्टेरायडबाट डयासबोर्डले क्षुद्रग्रहको स्थिती, गति र पृथ्वीसँगको दूरीको वास्तविक समयको तथ्यांक दिइरहेको छ । जेपीएलको अनुसार २०२४ एमटी १ पृथ्वीबाट करिब १५ लाख किलोमिटर दुरीमा छ । जुन पृथ्वी र चन्द्रमाको दूरीबाट चार गुणा बढी हो ।

पृथ्वीको लागि बन्न सक्छ खतरा
यस आकारको स्टेरायड खतरनाक मानिन्छ । किनकि यो पृथ्वीमो ठोक्कियो भने धेरै नोक्सान हुन सक्छ । २०२४ एमटी १ जस्ता एस्टेरायडको प्रभावले ठूलो घटना हुन सक्छ । यसबाट ठूलो विस्फोट, आगलागी र सुनामीे आउन सक्छ । खासमा नासाको ग्रह रक्षा समन्वय कार्यालय (पीडीसीओ) यस्ता खतरालाई कम गर्नको लागि विभिन्न रणनीति बनाउँदै सक्रिय हुँदै आएको छ । पीडीसीओ यस्तो प्रविधि बनाउन लागिपरेका छनु जसले खतरालाई रोक्न सक्छ ।

एस्टेरायडसँग ठोक्किएको थियो अन्तरिक्ष यान
एस्टेरायडको खतराको सामना गर्नको लागि डार्ट मिसन महत्वपूर्ण बन्दै गएको छ । यस मिसनबाट उल्कापिण्डसँग अन्तरिक्षयान ठोक्किएको थियो । नोभेम्बर २०२१ कम यस मिसनको लन्च गरेको थियो । सेप्टेम्बर २०२२ मा यो एस्टेरायड डिमोर्फोससँग ठोक्किएको थियो । २०२४ एमटी १ को खोजबाट खगोलविद्बाट रुची बढ्दै गएको छ । दुनियाभरकी वेधशालाबाट क्षुद्रग्रह नजिक पुगेपछि तस्वीर कैद गर्ने तयारी गरिरहेको छ ।