राप्रपाका चार विभागमा जिम्मेवारी हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केही विभागमा जिम्मेवारी हेरफेर गरेको छ ।

प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजित संगठन समन्वय भागको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिएका छन् ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैले राखेका छन् । त्यसै गरी सम्पर्क समाज समन्वय विभागमा महामन्त्री धन बहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी सह-महामन्त्री प्रकाश रिमाललाई दिइएको छ ।

पार्टी विधान अनुसार नै अध्यक्ष लिङ्देनले जिम्मेवारी हेरफेर गरेको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।