राप्ती नगरपालिकाका मेयर लामा सवार गाडीमाथि आक्रमण

 राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ।

आइतबार राति सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको गाडीमाथि आक्रमण भएको हो। आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ। लामा सकुशल छन्।

लामा आफैँले कार्यालयको गाडी चलाएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।