कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य

कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ। 

कृष्णपुर नगरपालिका -१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको हो।

यसैबीच अविरल वर्षाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित अधिकांस बस्ती डुबानमा परेका छन्। महाकाली लगायतका नदीमा पानीको बहाव बढेको छ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली आसपासका सयौँलाई उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको छ।
 भीमदत्त नगरपालिका-१८ का २ सय ५०, पुनर्वास नगरपालिकाको त्रिभुवन वस्तीका ६० र दोधारा चाँदनीमा ७२ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।