मेघालय हत्या अपडेट : हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना मात्रै नेपाली

गएको शनिबार भारतको मेघालयमा विभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना मात्रै नेपाली भएको खुलेको छ। 

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले मारिने दुई जना मात्रै नेपाली भएको पुष्टि गरेका हुन्।

शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले बताएका छन्।