तीन करोड ३० लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै नापतौल विभागका निरीक्षकलाई ६ महिना कैद

२४ असार, काठमाडौं

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका वरिष्ठ निरीक्षक शशीभुषण कुमार यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतले उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सजाय सुनाएको हो । उनीमाथि १६ जेठ ०८० मा मुद्दा दायर भएको थियो । ०४६ जेठदेखि उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ असारसम्मको उनको सम्पत्ति गणणा गरिएको थियो । 

अनुसन्धानका क्रममा उनको खर्च तथा लगानी ७ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको भेटिएको थियो भने वैध आय दुई करोड ७७ लाख रुपैयाँ मात्र हुनुपर्ने खुलेको थियो । जसपछि स्रोत नखुलेको ४ करोड ४७ लाख रुपैयाँलाई बिगो कायम गरिएको भए पनि उनको अवैध आय ३ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको विशेषको ठहर छ । 

गत वर्ष १६ जेठमा यादवका साथै उनको एकसगोलका चार जनामाथि मुद्दा चलाइएको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको हो । तत्काल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार यादवलाई ६ महिना कैद हुने सजाय सुनाइएको छ । उनलाई बिगो बमोजिम तीन करोड ३० लाख रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ भने बिगोबराबरको सम्पत्ति जफतसमेत हुने फैसलामा उल्लेख छ । 

सार्वजनिक पदमा रहँदा अवैध रुपमा आर्जन गरेको तथा त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती रिना रानी र छोराहरु विकास यादव, अविनास यादवको नाममा राखेको दाबीसहित मुद्दा दर्ता भएको थियो ।

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा (पूर्णपाठ)

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार…

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ : सर्वोच्च

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ …

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान