नक्कली जग्गाधनी पूर्जा बनाइ १९ करोड ऋण, एक कम्पनीसहित नौमाथि कसूर कायम

२४असार, काठमाडौं
 नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइ कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको विषयमा एक कम्पनीसहित नौ प्रतिवादीमाथि कसूर कायम भएको छ । २१ असार ०८० मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकोमा एक वर्षपछि ठहर हुने फैसला भएको हो । 

यस प्रकरणमा मेरलायन इन्टरप्राइजेजका साथै यस कम्पनीका उविन्द्रराज शाक्य, मुक्तिनाथ गौतम, एसकुमार महर्जन र विल्वा भूमि वन प्रा.लि.का नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाललाई मुख्य कसूरदार मानेको छ । रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई भने मतियार मानेको छ । यस मुद्दामा अनुजमणि तिमिल्सिना र स्मृति जोशीलाई भने विशेषले सफाइ दिएको छ । 

विल्वा कम्पनीका नाममा दर्ता रहेको १२ रोपनी एक आना जग्गा डेनियल कम्पनी प्रा.लि. का नामा रहेको भनी किर्ते जग्गाधनी पूर्जा बनाइएको थियो । उक्त जग्गा धितो राखी कुमारी बैंक न्यूरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा लिइएको भेटिएको थियो । 

यस घटनामा जिल्ला अदालत काठमाडौंबाट प्रतिवादीहरु मुक्तिनाथ गौतम, यसकुमार महर्जन, कुशन प्रधानसमेतमाथि कसूर कायमको फैसला भइसकेको छ । डेनियल कम्पनीका सञ्चालकहरु गौतम र महर्जनले आफ्नो कम्पनीका नाममा जग्गा खरिद गर्न मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई अख्तियारी दिएका थिए । तर उनले विल्वाको जग्गा विक्रि गर्न भनी नक्कली अख्तियारी बनाइ झुठा जग्गाधनी प्रमाणपूर्जासमेत खडा गरेका थिए ।

जसपछि उक्त जग्गाधनी प्रमाणपूर्जाका आधारमा ऋण लिएका थिए भने रेसमबहादुर सिलवालसमेतले विल्वाका नाममा नक्कली बैंक खाता खोलेको र उक्त खातामा पैसा जम्मा गरेका थिए । रकममध्ये १५ करोड रुपैयाँ भने मेरलायन इन्टरप्राइजेजको नाममा ट्रान्सफर गरेर उक्त खाता बन्द गरिएको थियो । 

खाता बन्द गर्नुअघि बाँकी रहेको रकम अन्य विभिन्न व्यक्तिले प्रयोग गरेका थिए । उनीहरु सबैलाई विशेषले मतियार मानेको छ । उक्त खाताबाट दुई करोड ५० लाख र र मेरलायनको खाताबाट पाँच करोड रुपैयाँ रामप्रसाद अधिकारीको खातामा स्थानान्तरण भएको थियो । 

नक्कली कागजातका आधारमा खोलिएको खाताबाट नौ लाख ९० हजार रुपैयाँ शोभा शाक्यका नाममा, ईश्वर पोखरेलको खातामा एक करोड आठ लाख रुपैयाँ स्थानान्तरण भएको विभागको अनुसन्धानले देखाएको थियो । यसको तर्कसंगत आधार खुलेको थिएन । शोभा र कुशन प्रधानले नक्कली धितो राखी ऋण लिन सहयोग गरेको भन्दै उनीहरुलाई विशेषले मतियार मानेको हो । अधिकारी, शाक्य, पोखरेल र प्रधानलाई विशेषले मतियारको कसूर गरेको ठहर गरेको हो । 

अनुजमणि तिमिल्सिना र स्मृति जोशीले सक्कली धितो भनी झुक्यानमा परेको ठहरका साथ ऋण स्वीकृत गरे पनि उनीहरुलाई सफाइ दिइएको छ । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा (पूर्णपाठ)

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार…

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ : सर्वोच्च

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ …

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान