साताको पहिलो दिन : २१ अंकले बढ्यो नेप्से , ६ अर्ब बराबरको कारोबार

साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २१.२७ अंकले बढेर दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा बन्द भएको हो ।        नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।