अविरल वर्षातका कारण पहिरोले सुर्खेत–दैलेख सडक अवरुद्ध

अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ । 

उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो । दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।