नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

काठमाडाै, २३ असारः चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति सकुशल उद्धार गरिएको छ ।

वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।