कोपा अमेरिका २०२४ : पानामालाई ५—० गोल अन्तरले हराउदै कोलम्बिया सेमिफाइनलमा

कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।

आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५—० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रिगेज, लुईस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक–एक गोल गरेका थिए।

यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा उरुग्वेसँग खेल्ने छ। त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने छ।