एमालेको संसदीय दलको बैठक आज बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक अघि संसदीय दलको बैठक बस्ने बताइएको छ।संसद भवनमा बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भए पछि भावी योजनाबारे छलफल गर्न बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।