रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार साँझ ७ बजेको समयमा उक्त खोला तर्ने क्रममा सोही ठाउँका ६५ वर्षीय जालमाया रुवाल मगर र अन्दाजी वर्षकी सोतिमाया रुजाल मगरको मृत्यु भएको हो। उनीहरूको शव ९ सय मिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा टोली खटिएको छ।मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्र डुबानमा पर्न थालेका छन्। 

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न नदीमा पानीको सतह बढेको छ। प्रशासनले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।