मधेश प्रदेश सरकारबाट माओवादी र एकीकृत समाजवादी आजदेखि बाहिरिने

मधेश प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) आजदेखि बाहिरिने भएका छन् ।

संघीय सत्ताका लागि भएको नयाँ राजनीतिक समिकरणसँगै माओवादी र एकिकृत समाजवादीले मधेश सरकार छोड्नु पर्ने भएको हो ।दुबै दलले मुख्यमन्त्री शतिस सिंहलाई सयुक्त रुपमा राजीनामा बुझाएर सरकारबाट बाहिरिने तयारी गरेका छन् । माओवादी र एकीकृत समाजवादी सयुक्त रुपमा राजीनामा दिँदै सरकारबाट बाहिरिन लागेका हुन् ।

गएको जेठ २५ गते माओवादी र एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनमत पार्टीका शतिस सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रदेश सभामा माओवादीको ९ र एकीकृत समाजवादीको ७ जना प्रदेश सांसद छन् । उनीहरुले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । तर एमाले र कांग्रेसले भने मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।