सामाजिक सञ्जाल थ्रेड्समा एक बर्षमै १७ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ता

सामाजिक सञ्जाल थ्रेड्समा एक बर्षमै १७ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ताले पुगेका छन् । 

मेटाले गत वर्ष जुलाई ५ मा इन्स्टाग्राममा आफ्नो पछिल्लो टेक्स्ट एक्सटेन्सन प्लेटफर्म शुरू गरेको थियो । जसको एक बर्ष पुरा भएको हो ।यसले माइक्रो–ब्लगिङ साइट एक्ससँग सिधा प्रतिस्पर्धा गरिरहेको छ। एक्स प्रयोगकर्ताहरूलाई थ्रेडहरूको लागि आफ्नो पक्षमा ल्याउनु पनि ठूलो चुनौती थियो।

मेटाका अनुसार थ्रेड्स सुरु भएको एक हप्ता भित्रमा १० करोड प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न थालेका थिए र यसको पछाडिको कारण इन्स्टाग्राम प्रयोगकर्ताहरूले सजिलैसँग थ्रेड्स प्रोफाइल सेटअप गर्न सक्नु हो। यद्यपि सेवाका कारण प्रयोगकर्ताहरु थ्रेडतर्फ आकर्षित भएपनि इन्गेजमेन्ट बढाउन कम्पनीलाई निकै संघर्ष गर्नु परेको छ।

अर्कोतर्फ सेन्सर टावरको तथ्यांकअनुसार प्रयोगकर्ताले दैनिक तीन सेसन र सात मिनेट थ्रेड्समा बिताएका छन्। गत वर्षको जुलाईको तथ्यांकसँग तुलना गर्ने हो भने यो करिब ७९ प्रतिशत र ६५ प्रतिशतले कम हो।