नेकपा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा खटिएका सुरक्षा प्रमुख थापाको मृत्यु

काठमाडौँ, २२ असार :  नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो । 

सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको हो । थप अनुसन्धान भइरहेको र शव पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ