वर्षासँगैको पहिरोले सिन्धुली र बीपी राजमार्ग अवरुद्ध

अविरल वर्षासँगैको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । ​​​ यस्तै, सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।