युरोकप २०२४ : क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Portugal-vs-France_R0Ga1If9u7_6f46jjmslapffcxhfsk457iavqd505cfazp82j7byvmm8zpd7hfa8uivc73t_L2o4xtyH90_worrk8qsaxkwo2jrtiht2kc9lmiikwd3ftuxqxnbhun7te0l9x7lmuxwecdi.webp)
जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि शुरु हुने छ । पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३–० गोलले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै फ्रान्सले भने राउण्ड १६ मा बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
२०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वाटरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ । पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो । फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ ।
त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् । यस खेलमा आफ्नो अन्तिम युरोकप खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रमुख आकर्षण हुने छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ । त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका किलीयन एम्बाप्पेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ ।
![भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु
![मनसुनजन्य विपद्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi_FxaNf2yAVQ_2mwv2ttjaqgwbmu8fmc5d31bbrywysvymqmnq6klhepssdayn9jmdaoaoidr_AHeARajCpb_apt7y7s9xvt4iiw3rpoxa5xvn88jw8rvjkrh5zewhntzbm1g8e17cowsrmr9.jpeg)
मनसुनजन्य विपद्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता
![युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India_Russia_relations_PM_Narendra_Modi_Putin_1720409360544_1720409360693_XVW09uqgBC_fjpqltlg2a5daxg6mymdm0nmrbarea9cnfc13lbpvraw6thnifiuzelkjc5f_1qsucHnqiL_lkilagajjk6mpqpjiyfb8e3l396lzgmmh7yfgeeqof2pxs8cwzzbqqih0h8b.webp)
युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा
![मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
![उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Fncci_cmy802Duyv_mIvCyUe12z_aqj2o0enah4q7nl4y39hry6x9qkwhnro0gdml9plk8qu1gob6yj6qtefzkms_TRKNlNT7XR_4c8edyxqncxla1mifoeshul969n5033pl6nx4xnp3kxseijg4kdfk1rzwfdl.jpg)
उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने
![पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको मानव केस पुष्टि,बिरामी वा मरेको कुखुरा नखान आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/3172_VYzdAAdse9_c4h8uiwzg0vg1sgqvngecjz9401796erue3uxkeszgyubdlrwzffrn0tlghr_0862QKd1s3_qt1qxdcakxvltrmvhiikuiptgajqiklfmxbwax7vkmxe8ytqftpy0v9gg7lm.webp)
पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको मानव केस पुष्टि,बिरामी वा मरेको कु…
![दूरसञ्चारसम्बन्धी विधेयक (पुर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/dursanchar2021-01-29-06-55-56_6iYrFPsCgd_9ocsmudklueeychij6qmin9f6ztgbxfirrjergvcfwthvfxei7zhh6xkbpm1_UZ6ZWNPX5J_44f3ue6umzgcf7sz4nfvyze9psrsanc3wcuifpalohxvf6dtbrg0onxp1q9x.jpeg)
दूरसञ्चारसम्बन्धी विधेयक (पुर्णपाठ)
![बझाङका शेखर रोकायाले उपसचिवमा ६ ठाउँबाट नाम निकाले](https://snowberry.prixacdn.net/media/gallery_folder/2021-11-22_2_OL8NZalSME_dj3uee2tz0riaydve6gprjsvxusvyu5rf1i53i19sqsmky0ucvkyituhg1n0_fPFF84Hcax_3hapxxvavghyndwqxepszz5mijaczxvauapruuhnzkvickewtrsajb7byo0k.gif)
प्रतिक्रिया