वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सहकारी ठगीमा रविलाई जोगाउने तिगडम अन्त्य गरिदियो सर्वाेच्च अदालतले

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा जोगाउन निकै तिगडम भयो। पोखराको सूर्यदर्शन र बटवलको सुप्रिम सहकारीबाट रविको नाममा अवैध रुपमा ऋण निकासा भएको पुष्टि हुँदा पनि राज्य शक्तिको दुरुपयोग गरेर अनुसन्धान अगाडि बढ्न दिइएन्। हुन् त ठगी आरोप लागकै बेला रवि गृहमन्त्री बनेपछि उनीमाथि प्रहरीले अनुसन्धान गर्न सक्ने कुरै थिएन।

त्यही भएर रविमाथिको सहकारी ठगी आरोप फासफुस हुने जोखिम बढेको थियो। प्रहरीले दिएको रिपोर्टका आधारमा भनि महान्यायाधीवक्ता कार्यालयले पनि अनुसन्धान गर्न नपर्ने र मुद्दा चलाउन नपर्ने ब्याख्या गरेको थियो।तर, अब भने रविलाई सरकारले चाहेर पनि जोगाउन नसक्ने भएको छ। सर्वाेच्च अदालतले रविमाथि अनुसन्धान हुनुपर्ने आदेश जारी गरेको छ।

https://barnanmedia.com/news/detail/181722/

सर्वाेच्चका खाली पदको नियुक्ति स्थगित

 सर्वोच्च अदालतमा न्यायाधीशको संख्यामा भएको कमीका कारण न्यायप्रशासनमा असर परिरहेकै सन्दर्भमा सत्ता परिवर्तन भएसंगै तत्काल न्यायाधीश नियुक्तिको अजेण्डा केही समयको लागि टरेको छ ।

प्रधानन्यायाधीशले अवकाशपूर्वको बिदा लिन अब साठी कम दिन बांकी रहेकाले र सत्ता परिवर्तनका कारण तत्काल न्यायाधीश नियुक्ति भइहाल्ने संभावना केही समयका लागि टरेको शुत्रहरुको दावी छ । 

नयां सत्ता बनेर कानुनमन्त्रीले काम नसम्हाल्दै प्रधानन्याधीशले अबकास पाउने अवस्था आयो भने दशैं अघि नयां नियुक्ति हुन नसक्ने पनि शुत्रहरु ब्ताउंछन् ।

https://barnanmedia.com/news/detail/181742/

राजनीतिक नैतिकताको रसातलमा पुगेर पनि ओलीलाई रोक्ने प्रचण्डको दाउ, होला त सफल ?

पुच्छरले जिउ हल्लाएजसरी ३२ सिटको भरमा २७५ सदस्यीय संसदमाथि शासन गर्दै सत्तामा ढलिमली गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परिसक्दा पनि अझै कुर्सीमा लिसो टाँसिएजसरी टाँसिरहेका छन् ।

संसदीय व्यवस्थामा संसदको बहुमतको ठूलो अर्थ हुन्छ । बहुमत सांसदको विश्वास गुमाइसकेपछि एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार कुनै पनि राजनीतिक शक्तिलाई हुँदैन । कुनै पनि तर्क वा बहानाबाजी चल्दैन । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ छाडेर बहुमत गुमाइसकेपछि पनि सत्ता हस्तान्तरणमा अरुचि देखाइरहेका छन् । संसदका सबैभन्दा ठूला दुई शक्तिले मार्गप्रशस्त गर्न सार्वजनिक आह्वान गरिसक्दा पनि उनी नयाँ म्यान्डेटसहितको सरकार निर्माणमा बाधा उत्पन्न गरिरहेका छन् ।

https://barnanmedia.com/news/detail/181751/

हिलाम्मे खेतजस्तै सडकको अवस्था , वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ ।

सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ ।

नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोर भट्टलाई

 

 नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोरकुमार भट्टलाई दिइएको छ ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

नेपाल प्रिमियर लिग आउँदो नोभेम्बर डिसेम्बरमा हुने

नेपालको आफ्नै फ्रान्चाइज टि-२० प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ ।

बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । क्यानले भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्स सँग ८ वर्षका लागि प्रतियोगिता गर्ने सम्झौता गरेको थियो ।तर लगातार विवादमा परेका कारण क्यानले सो सम्झौता रद्द गर्दै आफै सो लिग आयोजना गर्ने निर्णय लिएको थियो ।  अन्ततः सो लिग यसै वर्ष हुने भएको हो ।

भारतमा १७ दिनमा बिहारमा १२ पुल भत्किए,११ जना इन्जिनियर निलम्बन

भारतको बिहार राज्यमा पछिल्लो केही दिनयता एकपछि अर्को गर्दै पुल भत्किरहेको खबर आइरहेका छन् । गएको १७ दिनमा बिहारमा १२ पुल भत्किएका छन् । त्यहाँ पुल भत्किने जुन १८ देखि सुरु भएको थियो । यसपछि मुसलधारे वर्षा र बाढीमा पुल भत्किने क्रम निरन्तर चलिरहेको छ ।

यी घटनाहरूपछि राज्य सरकारले ११ जना इन्जिनियरलाई निलम्बन गरेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमार  नेतृत्वको सरकारले पुलको पुनर्निर्माण वा नयाँ पुल बनाउन आदेश दिएको छ । पछिल्ला दिनमा भत्किएका पुलमध्ये ६ पुल निकै पुराना थिए । अन्य तीन पुल निर्माणाधीन थिए । निर्माणाधीन पुल भत्किनुलाई इन्जिनियर र ठेकेदारलाई दोष दिइएको छ । पुल निर्माणबारे सावधान नभएको र निगरानी पनि राम्ररी नगरेको भन्दै विभिन्न पदमा रहेका ११ जना इन्जिनियरहरूलाई निलम्बित गरिएको छ ।

अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन लियाे फिर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहलाईएमालेले विश्वासको मत दिने

मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ।

एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए।सिंहले भोलि विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

विभिन्र स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

धनकुटामा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्ने दलका नेतासँग थाले छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकारलाई समर्थन गर्ने दलका नेतासँग छलफल थालेका छन्।

प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच छलफल सुरु भएको हो।छलफलमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ पनि आआफ्नो दलको प्रतिनिधित्व गर्दै छलफलका लागि सिंहदरबार पुगेका छन्।एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न छलफल सुरु भएको प्रधानमन्त्री कार्यालयको भनाइ छ।

रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान, तीन जना घाइते

रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ट्यूसन पढने विद्यार्थीहरुबीच विवाद भएर छुरा प्रहार हुँदा तीन जना घाइते भएकोमा एक जना डिस्चार्ज भएको र दुई जनाको उपचार भइरहेको छ। घाइतेमध्ये भारत घर भई गौरमा अध्ययनरत एक विद्यार्थीको अवस्था गम्भीर छ। उनको बाराको नौतनमा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत

 जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ ।

आज यहाँ पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखिकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवकोटाले चालु आवमा पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेमा सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत रहेको जानकारी दिनुभयो । साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन्दारी २० प्रतिशत, हिमामा  १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन् । 

राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिएपनि नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन्। 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको पनि बताए।  सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने उनको विश्वास थियो।

धरानका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’

वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

शुक्रवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए ।

उनले पार्टीहरू बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।

 

व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रभित्रका लघु, घरेलु तथा साना उद्योग, व्यापार तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याउन अभियान सुरु गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले नयाँ व्यवसाय दर्ता, नवीकरण र अनुगमनलाई तीव्रता दिइएको हो । 

चालु आर्थिक वर्षमा नगरका वडा नं १, २, ३, ५, ६ र १० मा व्यवसाय दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको छ । छ वटा वडामा सञ्चालित व्यवसाय दर्ता अभियानका कारण हालसम्म पाँच सय ३४ व्यवसायको अनुगमन गरिएको बताउँदै नगरपालिकाका लेखा अधिकृत सञ्जयकुमार शर्माले एक सय ९४ नयाँ व्यवसाय दर्ता भएका जानकारी दिनुभयो । नविकरण र नयाँ दर्तासँगै दुई हजार दुई सय २९ व्यावसाय पुगेका छन् ।

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध

लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ ।

बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

कृषिमन्त्रालयमा कार्यरत कर्मचारीहरूकाे धर्नाआज पनि जारी

कृषि  तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । 

 

२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् । गत शुक्रवार सामूहिक बिदा बुझाएका उनीहरू आइतबारदेखि आन्दोलनमा छन् । 

भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।    पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिनुभएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भन्नुभयो, “सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा । जङ्गलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए ।”

सहरमा बास, गाउँकै खान्कीमा चाख

भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।

पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिनुभएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भन्नुभयो, “सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा । जङ्गलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए ।”

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन

 पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।

किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डाँलेघाँसका बिरुवा उत्पादन गरिएको छ । श्रेष्ठका अनुसार विभिन्न प्रजातिका करिब पैतिस हजार बिरुवा वितरण गरिसकिएको छ । उहाँले भन्नुभयो, “नर्सरीमा बिरुवा लिन अहिले दैनिक किसानको घुइँचो लाग्ने गरेको छ ।” उत्पादित तयारी बिरुवा यही असार १५ गतेदेखि वितरण गर्न थालिएको हो ।