वर्षाले जुम्लाका तीन बस्तीमा क्षति

बिहीबार दिनभर र रातिसम्मको अविरल परेको वर्षाले सिमकोट गाउँपालिका–७ मा रहेका तीनवटा बस्तीमा क्षति पुर्याएको छ । वडा नं ७ डाँडाफया साबिकको वडा नं ५ को टुलिङ र दलित बस्ती चुकेडीमा क्षति पुगेको हो ।

वर्षापछि यहाँ रहेका तीनवटा बस्ती जोखिममा रहेको स्थानीय मन्दिर सिंहले बताउनुभयो । उहाँका अनुसार बाढीका कारण यस क्षेत्रका १५ वटा खेतमा लगाएको बाली नष्ट भएको छभने चारवटा पानी घट्टमा क्षति पुगेको छ । 

वडा न ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति पुगेको स्थानीय वीरबहादुर सिंहले बताउनुभयो । वर्षाका कारण खेतमा रहेको आल, सिमी, कोदो, फापर, गहुँ, भटमास, तोरीलगायत नष्ट भएको जनाइएको छ ।