नेपाल प्रिमियर लिग आउँदो नोभेम्बर डिसेम्बरमा हुने

नेपालको आफ्नै फ्रान्चाइज टि-२० प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ ।

बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । क्यानले भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्स सँग ८ वर्षका लागि प्रतियोगिता गर्ने सम्झौता गरेको थियो ।तर लगातार विवादमा परेका कारण क्यानले सो सम्झौता रद्द गर्दै आफै सो लिग आयोजना गर्ने निर्णय लिएको थियो ।  अन्ततः सो लिग यसै वर्ष हुने भएको हो ।

क्यानले प्रतियोगितामा सहभागी टोलीहरूको लागि प्रक्रिया भने पछि सुरु गर्नेछ । यस्तै क्यानले सोही नेपाल टि-२० का बेला नताच फिक्सिङमा मुछिएका अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकीया सम्बन्धमा संघको अनुसन्धान समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी समेत दिएको छ ।

स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । आरोपछि पक्राउ परेका उनी र पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आमल र नितेश गुप्तालाई ३ लाख धरौटी रिहा भएका थिए ।