प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्ने दलका नेतासँग थाले छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकारलाई समर्थन गर्ने दलका नेतासँग छलफल थालेका छन्।

प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच छलफल सुरु भएको हो।छलफलमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ पनि आआफ्नो दलको प्रतिनिधित्व गर्दै छलफलका लागि सिंहदरबार पुगेका छन्।एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न छलफल सुरु भएको प्रधानमन्त्री कार्यालयको भनाइ छ।

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्न एमाले र कांग्रेसले माग गरेका छन्।तर प्रचण्डले भने आफूले संसद फेस गर्ने भन्दै असार २८ गते विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव गर्ने तयारी गरेका छन्।

यसका लागि आवश्यक वातावरण मिलाइदिन उनले संसद सचिवालयलाई पत्र पठाइसकेका छन्।