रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान, तीन जना घाइते

 रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ट्यूसन पढने विद्यार्थीहरुबीच विवाद भएर छुरा प्रहार हुँदा तीन जना घाइते भएकोमा एक जना डिस्चार्ज भएको र दुई जनाको उपचार भइरहेको छ। घाइतेमध्ये भारत घर भई गौरमा अध्ययनरत एक विद्यार्थीको अवस्था गम्भीर छ। उनको बाराको नौतनमा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

गत आइतबार विद्यालयमा उनीहरुबीच भनाभन भएको तथा बिहीबार साँझ सोही विषयलाई लिएर विवाद हुँदा छुरा प्रहार भएको उनले बताइन्। छुरा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।