परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलका नेताहरू सिंहदरबारमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री कार्यालयमा अहिले प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमा, नेपाल, सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

नेकपा एमाले सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग गठबन्धन गर्न पुगेपछि उत्पन्न परिस्थितीबारे छलफल गर्न सत्तारुढ दलको बैठक बसेको हो। प्रधानमन्त्री दाहालले यही असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी छ।