मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवसहित ४ जनाविरूद भ्रष्टाचार मुद्दा दायर

जिल्ला धनुषा, मिथिला बिहारी नगरपालिकामा आ.व. 2079/080 मा संचालित वडा नं. 9 को श्री आधारभूत विद्यालय र श्री रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान  भएकाे थियाे ।

 अनुसन्धानमा मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा / जिन्सी शाखाका प्रमुख खरिदा/ उपेन्द्र यादवले बिद्यालयमा पोशाकखरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तिमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउपत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरी पालिकामा सूचीकृत रहेको भनी ३ वटा आपूर्तिकर्ताको झुट्टा दरभाउ पत्र तयार गरी खरिद गरेका थिए ।

मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराई कार्यालयको टिप्पणी आदेश मार्फत् मूल्यांकन गरी पैन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजा समेत गरी ७ प्रकारका पोशाक सामग्री एकमुष्ट रुपमा 295 सेट वापत रु.9,96,660/- रकम मजदूर होजियारीका प्रोप्राइटर राम सुन्दर साह तेलीलाई भुक्तानी गरेको देखिएकोमा खरिद भएका पोशाकको नमूनासहित  सामग्रीहरुको मूल्य एकिन गर्दा प्राप्त दररेट अनुसार खरिद भई विद्यालयलाई बुझाइएका सामग्रीहरुको जम्मा मूल्य रु.४,६१,९५०/- मात्रै पर्ने देखिएकोबाट उक्त सामग्रीहरु प्रचलित बजार मूल्य भन्दा रु.५,34,710/- बराबरको रकम अस्वाभाविक रुपमा बढी मूल्य तिरी/भुक्तानी लिई/दिई निजहरु रामदरश यादव, सुभाष कुमार झा र उपेन्द्र यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को pkbफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाईबिगो रु.५,34,710/-(पाँच लाख चौतीस हजार सात सय दश रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

मजदूर होजियारी उद्योग, जनकपुरधाम-२ का प्रोप्राइटर राम सुन्दर साह तेलीले प्रचलित बजार मूल्य भन्दा बढीको दरभाउ पत्रमा हस्ताक्षर गरी ७ प्रकारका 295 सेट पोशाक सामग्री वापत रु.9,96,660/- रकम भुक्तानी लिएकोमा सो सामग्रीहरुको मूल्य एकिन गर्दा प्राप्त दररेट अनुसार खरिद भई विद्यालयलाई बुझाइएका सामग्रीहरुको मूल्य रु.४,६१,९५०/- मात्रै पर्ने देखिएकोमा उक्त सामग्रीहरु प्रचलित बजार मूल्यभन्दा रु.५,34,710/- बराबरको रकम अस्वाभाविक रुपमा बढी भुक्तानी लिएको हुँदा निज राम सुन्दर साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुर कार्यमा सोही ऐनको दफा 22 बमोजिम मतियारको कसुरमा मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुरमा विगो रु.५,34,710/- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी निज राम सुन्दर साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, 2059 दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारहरुलाई हुने सजाय सरह सजाय गरी बिगो समेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।