पर्यटन विकास इकाईका इन्जिनियर बस्नेतसहित ३ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव-इन्जिनियरद्वय राजन कुमार भट्टराईर संजय अर्यालले निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागिसेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारदुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई सेवाग्राहीबाट रु.१७,०००।–(सत्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेकोअवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजिव बस्नेत, सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल समेतको मिलेमतोमा निर्माणसम्पन्न पश्चात ठेक्का बापतको रकम प्राप्तिको लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँगरु.१७,000।–(सत्र हजार रुपैयाँ) घुस/रिसवत लिई लिन लगाएको पुष्टि भएको हुँदा निजहरु इन्जिनियर राजिव बस्नेत, सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) बमोजिमको कसुरमा बिगो रु.१७,०००।–(सत्र हजार रुपैयाँ) कायम गरीभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।