भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई जना बेपत्ता, १० जनाको भने उद्धार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो हाइड्रोपावरको ढलान भत्किँदा फसेका १० जनाको भने उद्धार भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरन्जन भट्टराईले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका घाइतेहरूको बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केहीलाई काभ्रेको धुलिखेल अस्पतालमा रिफर गरिएको उनले बताए । 

बेपत्ताहरूको खोजी भइरहेको पनि उनले जानकारी दिए ।  ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणाधीन रहेको छ ।

यी हुन घाइतेहरू : -

१)    जिल्ला बर्दिया  बाराबर्दिया न.पा. बस्ने बर्ष अं. ४० को लहानु थारु

२)    ऐ.ऐ.न.पा.५ बस्ने बर्ष अं.४५ को दुर्गा चौधरी पेटमा चोट अवस्था मध्यम, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर
३)    ऐ. जिल्ला ठाकुर बावा न.पा.३ बस्ने बर्ष ३० को  रामदिन थारु बेपत्ता
४)    ऐ.ऐ.न.पा. ५ बस्ने बर्ष ३० को सुमन थारु बेपत्ता
५)    जिल्ला दोलखा कालिञ्चोक  गा.पा.९ बस्ने बर्ष अं.४१ को आईत बहादुर थामी
६)    ऐ.ऐ.बस्ने बर्ष अं.३१ को बिजय थामी
७)    ऐ.ऐ.बस्ने बर्ष अं.५६ को गोपाल थामी
८)    ऐ.ऐ.बस्ने बर्ष अं.३० दिपक थामी
९)    ऐ.ऐ.बस्ने बर्ष अं. ४० आईतमान थामी
१०    ऐ.ऐ.बस्ने बर्ष अं.४५ को पदम बहादुर थामी
११) जि.रोल्पा लिबाङ न.पा.२ बस्ने बर्ष २३ को सासन रोका मगर
१२) जि.दोलखा बैतेश्वर गा.पा.८ बस्ने बर्ष ५८ को राम चन्द्र रिमाल