पदमुक्त भएपछि पनि कोशी प्रदेशका पूर्वमन्त्रीले फिर्ता गरेनन् सरकारी निवास र गाडी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ran-kumar-khatri-og2024-04-26-06-15-01_1000x700_50_r8R4lC66kB_hmqg7rvodstyjmosrybsgqhgep6c0lmxdldhsv49syqix1ipi9rhjvpkbzj1_9HHtn7MsLS_fe6gsezwck9klclhxqbrree7frcoxazcvhpifsmjaaddqcnw1gb1sv7upobv.webp)
कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् ।
पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी फिर्ता नगरेका हुन् ।खत्री ६ वैशाखमा पदमुक्त भएका थिए । पदमुक्त भएपछि मन्त्री चढ्ने गाडी फिर्ता गरेका उनले को १ झ ६४७ नम्बरको सरकारी गाडी र दुई वटा मोटरसाइकल फिर्ता गरेका छैनन् ।
मन्त्रालयका अनुसार खत्रीले भाडाको सरकारी निवास पनि फिर्ता गरेका छैनन् । मन्त्रीको निवासका लागि खत्रीले नै पुष्पलाल चोक नजिकै भाडामा घर खोजेका थिए । सो घरमा खत्री बस्छन्, भाडा मन्त्रालयले तिरिरहेको छ ।मन्त्रालयका सचिव डा. लेखराज दाहालले क्वाटर, एउटा गाडी र दुई वटा मोटरसाइकल फिर्ताका लागि पूर्वमन्त्री खत्रीलाई आग्रह गरिएको बताए ।
कांग्रेस नेता खत्री उदयपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् । केदार कार्कीले नेतृत्वको सरकारमा गत माघमा मन्त्री नियुक्त भएका थिए ।खत्रीले सरकारी सवारी र निवास फिर्ता गर्ने बताए । क्वाटरमा नै सरकारी सवारी रहेको बताउँदै उनले फिर्ता गर्न ढिलो भएको स्वीकार गरे ।
सरकार गठनसम्बन्धी मुद्दा परेका कारण फिर्ता गर्न ढिलो भएको बताउँदै उनले भने, ‘आज फिर्ता गर्ने भनेका छौं ।’ निवासका लागि भने घरबेटीसँग असारसम्मको सम्झौता रहेकाले मन्त्रालयमा छलफल गर्ने बताए ।
![भारतीय बजारमा पेट्रोल बिनै चल्ने मोटरसाइकलको चर्चा](https://snowberry.prixacdn.net/media/gallery_folder/cng_TLe4TuAmVa_njxvloxtyjcbltnljntav6econlpx7lwiqnxtu9fgwxxycgvuywpwa2wv72r_TMsKAFgqh4_bunnqmcupptttjubm8gok1vzlcympp5yw6hm6lkdpw2cctsvrdnuwyyeyrwt.jpg)
भारतीय बजारमा पेट्रोल बिनै चल्ने मोटरसाइकलको चर्चा
![एमालेका प्रमुख सचेतक बर्तौला भन्छन - नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Mahesh-bartaula-1024x624_x21Adfckee_ucappso4re9chockmmr3x5vppox6qdg5qznpgjtekx2m3cckxqmfbomaacc7_mlgf24tSou_6hrhbz0fkttsqgdfglsetv0v360x2dko4kaimpr6aoo1qilpu8y8rnrok21b.jpg)
एमालेका प्रमुख सचेतक बर्तौला भन्छन - नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार …
![मोटरसाइकल चोरीमा संलग्न एक जना नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
मोटरसाइकल चोरीमा संलग्न एक जना नियन्त्रणमा
![नक्कली भुटानी शरणार्थी केसमा बेचन झालाई समातेपछि राजनीतिक चलखेल सुरू भयो : रास्वपा सचेतक परियार](https://snowberry.prixacdn.net/media/gallery_folder/santosh_pariyar_WLnviijSEQ_lpyx6bx6qadr0won4vrtmtpwo7lgxzf5k9xragenurpb9pobvasbifqeeizm_CdRkxHn75L_hsmz2i108njp56oout4k2ytb57xpdwpioqzmkijnuwpc3hzmno6ybn755c2g.jpg)
नक्कली भुटानी शरणार्थी केसमा बेचन झालाई समातेपछि राजनीतिक चलखेल सुरू भयो :…
![मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/ropai_p8cNSBokDP_qwzq83wkvvytmgjmox88qwqm6vbazo8a2n88gpnjrt4q4xdggporrh97vlru_5CATzCzzP6_g8nwexoajfvpxbsjzi1lh4sh3wfeinzuzowufb7afbyzq02qzl5oswgkahwn.jpeg)
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
![घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/6_Dt5VdQGRvi_sMv5PgsuPg_i65eyfheko85i6340nt2y9tj37tp3dml5xi1cui89imdbgygugjx8rif8dql_dZIWhzAhhl_kpu44vvxz5xlopvke2vcwwrudyqr8omctcqg8kdvuh1qwsvbouo1d0ihvvay.jpeg)
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता
![पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Buddha%2520sing%2520bato_1ClvDzwYwi_r8ejvgexq3s56mtusdwxtdz5rooviu1iiiu92tazqrivnl4s4wtmfiiipxvj_7KeQdzvYVe_7lgsuk7xvkhpspqzex4jjvetaniwamcyzlmgpvo1xmd65x5ckggbc2cnbucp.jpg)
पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध
![फ्रान्सेली सम्राट् नेपोलियनको दुई पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री](https://snowberry.prixacdn.net/media/gallery_folder/a-box-containing-two-pistols-which-belonged-to-emperor-napoleon-i-during-the-preview-before-their-auction-in-paris-on-june-18-2024-_a1S8eyfUar_kuz59e3cfl5ke5fnzfumktdjvrkvsdifowpbzaobld3eswiqqtp7igenmplw_XtuspY6wMP_xbljz8izabeqfq00wvzyjsix8qbg9naon93toex0epjep2pqgmjqdunkrxrr.png)
प्रतिक्रिया