एसईईको पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध :अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले इच्छुक विद्यार्थीलाई नम्बर पठाउन अनुरोध गरेका हुन् । 

“करिब एक हजार विद्यार्थी भाइबहिनीहरूले हिजैदेखि कक्षा लिन थाल्नु भएको छ,” उनले फेसबुकमा लेखेका छन्, “कक्षा लिन चाहनुहुने विद्यार्थी भाइबहिनीहरूले मलाई नाम र मोबाइल नम्बर म्यासेज बक्समा पठाउनुहोला । तपाईंहरूको पढाइ राम्रो होस् ।”

बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एसईईको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने घोषणा गरेका थिए । उक्त कक्षा सुरु भइसकेको भन्दै उनले इच्छुक विद्यार्थीलाई नाम र नम्बर पठाउन अनुरोध गरेका छन् । उनको आधिकारिक फेसबुक पेजमा मेसेज पठाउन यहाँ क्लिक गर्न सक्नुहुन्छ