चक्कु देखाएर रकम लुटपाट प्रहरीले लुटेको रकमसहित २ जना पक्राउ

चक्कु देखाएर रकम लुटपाट गर्ने दुई व्यक्तिलाई प्रहरीले लुटेको रकमसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ मुड्खु घर भएका वर्ष ३३ को सरोज परियार र रसुवा घर भई काठमाडौंको डल्लु बस्ने वर्ष २३ को संगम तामाङ रहेका छन्।

उनीहरूले यही असार २० गते मुड्खु भञ्‍ज्याङस्थित मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारी संगिता रोक्कालाई चक्कु देखाएर रकम लुटेका थिए।

रोक्कले समूहको बचत र कर्जा बापत संकलन गरेको नगद २ लाख ८ हजार ६ सय लिई कार्यालय फर्कने क्रममा मुड्खु बतासेडाँडा नजिक मोटरसाइकलमा सवार दुईजना अपरिचित व्यक्तिहरूले चक्कु देखाई लुटपाट गरी फरार भएका थिए।

सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त बालाजुबाट खटिगएको प्रहरी टोली उक्त स्थानमा पुगी खोजतलास तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न दुवैजनालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट नगद १ लाख ३९ हजार ५ सय रुपैयाँ रघटनामा प्रयोग भएको बा.८३ प ५४२४ नं. को मोटरसाइकल तथा एउटा मोबाइलसमेत बरामद गरेको छ।