प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा , समसामयिक विषयमा छलफल

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।  उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय गएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले जानकारी दिए। 

‘उहाँ (रवि लामिछाने) अहिले भर्खर पीएम अफिस (प्रधानमन्त्रीको कार्यालय) पुग्नुभएको छ’, ‘समसामयिक विषयमा छलफल गर्न जानुभएको हो।’