खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध
![](https://snowberry.prixacdn.net/media/gallery_folder/BANK%2520LOGO%2520WITH%2520RED%2520TAG%2520%2520_LgQJTxBfwo_gygbxkfaf5lr3k16gstd7hrz9qoc50lmh7ij6cttoza5epj7qo3yrsqc2blo_FJbTmDkFcW_6epp1gcfi9xy6jnvcbdiojeunj1igyxz1z82elvq4vwnyclek3u5xhtswrmc.jpg)
लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ ।
बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराउँदछ ।साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध छ ।
एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
![अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak-10-scaled_iq8crZwJX3_qtvfxvxmgbtztdp2jl7qgxzqilcmuhd1vs1w2hhiqxlty0occoxe3xhao9uz_RoTqPPjQL6_ey8hykptjgsqxclsqkkxmjo8vke7ihck3f35jkbgm3xm39g1ndunegohzjnw.jpg)
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
![“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,
![बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/badi-kailali2_mHqCD6F3DT_a9fat4fxeoorhvlnbxpbj1jjt55mhnrrqloumeak89t5kzfwtsjfpzjhzbf3_xu8FR847uw_ta1nfnsoflc0hsqyaet7ecsjrcowsqubki4duy6xwwjdb3dbc7tab26wp2xz.webp)
बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित
![सर्वाेच्चमा एकैदिन तीनसय एकहत्तर मुद्दा फैसला](https://snowberry.prixacdn.net/media/gallery_folder/ff_CQsGb8RHSq_3ak9insvdszvnpwmspywr3cr4llzy01yxofvzaiq6qgadzk9lrvrti2hfvpb_JGvflglNbU_w5thosks52uawaovnktigltuierblc1j0mxju54jedbffbdz58ozrfigzu85.png)
सर्वाेच्चमा एकैदिन तीनसय एकहत्तर मुद्दा फैसला
स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
![एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/Munal%2520Resort_dVwm4T6IQI_mwunp7loslmu67vngyu8gdhwaxrsmvck1tixnosfzlwque3llu9tw24aogsy_kca8YywjKE_5kbepbcv1ldmyju6ol43aovea9sqglpbshxck42jmkewsdziodrekgmyinc4.jpg)
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
![राप्रपाका चार विभागमा जिम्मेवारी हेरफेर](https://snowberry.prixacdn.net/media/gallery_folder/rajendra-lingden2024-06-14-04-41-28_fXH3AVwNhT_1z0u7cz1un8wffsnqbtwiskdqrdtvoutusnwqazga63dxlrnekdkndhv6qym_1tKBtkK0iS_uuis7omqmmtpqyf5m1oyx00ebv4fsc9waib9obeugpvgcmyrwvlgjd9clhuw.jpeg)
राप्रपाका चार विभागमा जिम्मेवारी हेरफेर
![महाकालीले खतराको तह पार सबै ढोका खोलियो,तीन दिनदेखि यातायात बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/sarada%2520byaraj%2520pool1691989127_pxJ6KGFLCy_xjmxwuhm6ehw6lwpv1zw40htuojkzvadzhgfwbktukm75drnc5e4d4nzsqi6_HzHrGRVEcl_lszpxcu3vuir0ydlgnywqyss9rj92zdnmzaqv8lzdwxnmqppwocya9p6fova.jpg)
प्रतिक्रिया