सर्पले गर्मी महसुस गर्न थालेपछि आफैँलाई खान्छ

सुन्दा अचम्म लाग्न सक्छ गर्मी भयो भने सर्पले आफैलाई खान्छ । यसका पछाडिको कारण के हो त ? 

सर्पले गर्मी महसुस गर्न थालेपछि उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ ।

त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ ।

पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्‍यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ ।

सर्पले  आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः आफ्नो ज्यान लिन्छ ।