आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Map_zdf6q1oBFx_xswieo12b6zweo9omhha1uewuqpk582kapw7xvi4mtdoakqk0zdjrqn2yf0v_o7Or35Ov9u_t51r70ilkcx8kcpabkvnx7ocmonmyeznxzemibk7bcpo6tc6nm9wyrxwr4ge.jpg)
काठमाडौँ, २० असार : आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।
![प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क](https://snowberry.prixacdn.net/media/gallery_folder/rajinama_ZJHW8xUqEf_7ula2v1s8vcvmajngu2qbuuu73fs4nhagnowipr2nc6rasucdehvpcxjcunc_FMYRv2P29g_nhf3uc0lunkuatboburlegtjfmfr6ab95wbttaxva1vtivglhc6k49a5kgpv.jpg)
प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क
![साताको पहिलो दिन : २१ अंकले बढ्यो नेप्से , ६ अर्ब बराबरको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-35-51-595_3mVfNWtLbd_blflibkeaizxvqqn0qsqkbsvduqwrlkuoywmg7qaaqduaggjkf1njesciyfn_P40EDKkNbW_ouoddkxesyfteesmmpd6v2qxbhzrkxxztr1mg7c1fiqmwktwznfzaf6toclt.jpg)
साताको पहिलो दिन : २१ अंकले बढ्यो नेप्से , ६ अर्ब बराबरको कारोबार
![पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/tarkari2021-12-12-01-01-03_ob7U0hYyte_us4qegnyoruceak037elv9whcww3e1zpoizbsfkpd5sq4astksdu55jqo1v2_xWDiawpVcP_rvttu9m87pmyzpokm7423dqrwr5fzpig9obw2nzfgzmhjouz5hjtvztpftte.jpeg)
पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै
![कांग्रेसले लगायो मधेस प्रदेश सरकारमा पठाउने ४ जना मन्त्रीको नाम टुंगो](https://snowberry.prixacdn.net/media/gallery_folder/mukhyamantri-karyalaya-madhes-pradesh_1Ir9M3Acme_4bnwg4byheaesdzr0azr6qncfsmcxvyyu9uegvcjojbrmdwcfosidtycdpbk_bRNkTWIRLi_jervfswpwlryajo89jsqfazixvs4lp7ncrwnoxyingz9dx4r8tdlvl6hxjvu.jpg)
कांग्रेसले लगायो मधेस प्रदेश सरकारमा पठाउने ४ जना मन्त्रीको नाम टुंगो
![प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/Messenger_creation_64975ffe-7ae4-404d-a2c3-3bdb7007bae6%2520(1)_DTswaM1ocR_oxgxegwmpnjdeh0diesufn8wh1e40k3wgrxg2esd70v4pgjufv6jf2fpteek_Tcxij58sLF_qc7bc36bpgmion3baclakw1t0h4iyaciwlmk4wlsqxexhiq9mmlsgce0xjn2.jpeg)
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान
![अविरल वर्षातका कारण पहिरोले सुर्खेत–दैलेख सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/surkhet-dailekh-road_emw4kI9F4d_0MG97qPShF_funfgclat5fxr8qgjly3a63ay4zvjzywlfwpwpyq903wl9ki27gtjh3vtuvc_MP8VQcnG7V_t1ehtxpa0zoj6u33wcenbvaw8ostlhrik9wbfzz1grzzktalumgzvvl0ftsm.webp)
अविरल वर्षातका कारण पहिरोले सुर्खेत–दैलेख सडक अवरुद्ध
![सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार
![कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबाट जाेगिनका लागि हो : चित्रबहादुर केसी](https://snowberry.prixacdn.net/media/gallery_folder/Chitra-Bahadur-KC-Ratnapark-shanti-Batika-1716874460_m2w3OVRMRe_xy5wbdoyx8wgvofrwymxu3p3g9d1cdtgkw9ca9hr0rwftgkwwyhlq1uhusst_KKhOZoCrZ8_dkfe02zegv3jbr7q3qf9dqjesleq26n8cms1kab6jzjixulkrmmgcnuayjrk.webp)
प्रतिक्रिया