वर्षाले पुष्पलाल लोकमार्गमा क्षति
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lokmagra(2)_rceP7mHJRU_qpwjojtjxzd7s7ajsv5bswdczrrxiwxzgapxvujkdxwjszus14d9vgbtx8iv_NBYy1g3W4D_kr01djueutxfmbbxdaozxwiyft18vnoleunghjm4mxztvaufzvd6nwffscp8.jpg)
वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ । कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ ।
बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ । असार १५ गते परेको पानीले लोकमार्गको १२ ठाउँमा क्षति पुगेको थियो । उक्त स्थानमा निरन्तर पहिरोले क्षति पुर्याएको छ । उक्त सडक अहिले एकतर्फ खुलाइए पनि यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा क्षति पुर्याएको हो ।
कतिपय स्थानमा सडकको कालोपत्र बगाएको र पहिरोले सडक नै बगाएर क्षति पु¥याएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले गलकोट खण्डमा वर्षाले पहिरो, बाढी र गेग्रान ल्याउँदा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको समूह परिचालन गरिसकेको बताउनुभयो ।
हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ । गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा पनि पहिरो खसेको छ । एकतर्फ सडक खुलाइए पनि उक्त सडकको कालोपत्र पहिरोले पुरेको छ । काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा पहिरो खसेर लोकमार्गमा क्षति पु¥याएको छ ।
बर्सात्ले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रु सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजनामा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा याममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता भएको हो ।
![कांग्रेसले लगायो मधेस प्रदेश सरकारमा पठाउने ४ जना मन्त्रीको नाम टुंगो](https://snowberry.prixacdn.net/media/gallery_folder/mukhyamantri-karyalaya-madhes-pradesh_1Ir9M3Acme_4bnwg4byheaesdzr0azr6qncfsmcxvyyu9uegvcjojbrmdwcfosidtycdpbk_DzH1UBHbZU_w7gpfpfum8jsyt4ymbiequ0tx5aiojq38qfpclg4e7agjfh0q65tfd8qk5iw.jpg)
कांग्रेसले लगायो मधेस प्रदेश सरकारमा पठाउने ४ जना मन्त्रीको नाम टुंगो
![प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/Messenger_creation_64975ffe-7ae4-404d-a2c3-3bdb7007bae6%2520(1)_DTswaM1ocR_oxgxegwmpnjdeh0diesufn8wh1e40k3wgrxg2esd70v4pgjufv6jf2fpteek_9MuFqfaJO9_jcwyrmewbwrjpcomvl49qvurq0bigghjsgwuxepocnoufqkvcbfpzmmkikcj.jpeg)
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान
![अविरल वर्षातका कारण पहिरोले सुर्खेत–दैलेख सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/surkhet-dailekh-road_emw4kI9F4d_0MG97qPShF_funfgclat5fxr8qgjly3a63ay4zvjzywlfwpwpyq903wl9ki27gtjh3vtuvc_sfOzNSHEIF_eavst9yzaaxkkqadszcvxuujg7qm8jfg2qjp3mmupq4sfbxvk14rtaiuaikw.webp)
अविरल वर्षातका कारण पहिरोले सुर्खेत–दैलेख सडक अवरुद्ध
![सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार
![कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबाट जाेगिनका लागि हो : चित्रबहादुर केसी](https://snowberry.prixacdn.net/media/gallery_folder/Chitra-Bahadur-KC-Ratnapark-shanti-Batika-1716874460_m2w3OVRMRe_xy5wbdoyx8wgvofrwymxu3p3g9d1cdtgkw9ca9hr0rwftgkwwyhlq1uhusst_mzu2cb6dIK_b13x7dpxfjnhvpsu3mr50mw0kuib4diqtrr3x2tlpil90ma9cvsbr15mf3hr.webp)
कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबाट जाेगिनका लागि हो…
![राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ](https://snowberry.prixacdn.net/media/gallery_folder/rastrapati_poudel_1dNltnfZQp_pSsLbrYxei_k9xm8ryEGq_m8bzfzpbiwk9rcwsnnwztvlkqldc8an8prflohg4ifwea4dtv3a28trnm4k2_G3CeIR57if_stinkbtsqfetwx0z7bsalkmfkob5marw4ixyisalpjjkcgdkf24gpjvub6hs.jpg)
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
![टेस्ला अटोपाइलट मोड , गाडी बाटो छोडी रेलको लिगमा](https://snowberry.prixacdn.net/media/gallery_folder/tetetete_AYl7Wc4BbK_jdxgwabrhken0fyhtzipvhbekmvwzroxfbrec5w4htqbn3fp84gowklxadzv_qFvcPN0GNS_hscdceufasjuknvhnkli8o2kc9qvjyxhco36dhzl10ybggod2prjava6ke7q.jpg)
टेस्ला अटोपाइलट मोड , गाडी बाटो छोडी रेलको लिगमा
![प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस](https://snowberry.prixacdn.net/media/gallery_folder/parliament1669459703_cW8iyHlQZS_yzuodabikryojopwymo7nkbyiamwv0vzud1x4mlkakaqkyumlcprgfollujn_VQOvz1vX03_umkvpfzqlsmesoiz35xvohq655zge6h5lh0zxbkvccjabnb2oz7z7cia4ibt.jpg)
प्रतिक्रिया