नेकपा एमालेका मन्त्रीहरू बागमती प्रदेशबाट पनि बाहिरिने तयारिमा

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशको राजनीति पनि तरंगित भइरहेको छ।

नेकपा एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

संसदमा रहेका दुई ठूला दल नेपाली एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण बनेपछि माओवादी केन्द्र नेतृत्वको सरकार बहिर्गमनको संघारमा छ।संघीय संरचनाको छत्रछाँयाबाट सञ्चालन हुँदै आएका प्रदेश सरकार पनि यसबाट तरंगित भइसकेका छन्। जसअनुसार सुदूरपश्चिम सरकारबाट एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर मुख्यमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिइसकेकोे छ।

सोही तरंग बागमती प्रदेशमा पनि सुरु भएको छ। कुनबेला सरकारबाट बाहिरिने, भन्ने तयारीका साथ एमालेका मन्त्रीहरू बसेका छन्। सरकार कहिले छोड्ने एकिन भैनसके पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने तयारीमा आफूहरू बसेको एमालेका एक मन्त्रीले बताए।

‘प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको प्रक्रियामा लाग्न पर्छ भन्नेमा हामी एकमत छौं,’ ती मन्त्रीले भने, ‘तर केन्द्रबाट कुनै निर्देशन आएपछि मात्रै यो प्रक्रिया थाल्ने कि भन्ने विषयमा अड्किएका हौं। सम्भवतः यसै हप्ताभित्रमा एमालेका सबै मन्त्रीहरूले राजिनामा दिन्छौँ।’

बागमती प्रदेश सरकारबाट आजभोलिमै बाहिरिने रणनीति तयार भैरहेको एमाले बागमती प्रदेशका सचेतक मधुसूदन पोडेलले बताए।

केन्द्रको निर्देशन अनुसार नै आफूहरूले पनि निर्णय लिने बताउँदै सचेतक पौडेलले भने, ‘अहिलेसम्म त यही दिन राजीनामा दिने भन्ने ड्राफ्ट बनिसकेको छैन। तर धेरै ढिलो गर्दैनौँ। सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्रीज्यूहरू बाहिरिनुभयो। हामी पनि छलफल गर्दैछौँ। सायद यो हप्ता कट्दैन।’

बागमती प्रदेश सरकारमा नेकपा एमालेका ५ जना मन्त्री छन्। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वाथ्यमन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारणमन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन्।  

२० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरू राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिन लागेका हुन्। अब बन्ने कांग्रेस–एमालेको सरकारमा पुनः आउने भएपनि केन्द्रकै ढाँचामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पार्न एमालेले बागमती प्रदेशमा पनि यो रणनीति बनाइरहेको हो।

प्रधानमन्त्री प्रचण्ड निकट मुख्यमन्त्री जम्मकट्टेलले १८ महिनाको अवधिमा तीनपटक विश्वासको मत लिएर सरकार जोगाएका थिए।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशको राजनीति पनि तरंगित भइरहेको छ।नेकपा एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

संसदमा रहेका दुई ठूला दल नेपाली एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण बनेपछि माओवादी केन्द्र नेतृत्वको सरकार बहिर्गमनको संघारमा छ।

संघीय संरचनाको छत्रछाँयाबाट सञ्चालन हुँदै आएका प्रदेश सरकार पनि यसबाट तरंगित भइसकेका छन्। जसअनुसार सुदूरपश्चिम सरकारबाट एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर मुख्यमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिइसकेकोे छ।

सोही तरंग बागमती प्रदेशमा पनि सुरु भएको छ। कुनबेला सरकारबाट बाहिरिने, भन्ने तयारीका साथ एमालेका मन्त्रीहरू बसेका छन्। सरकार कहिले छोड्ने एकिन भैनसके पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने तयारीमा आफूहरू बसेको एमालेका एक मन्त्रीले बताए।

प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको प्रक्रियामा लाग्न पर्छ भन्नेमा हामी एकमत छौं,’ ती मन्त्रीले भने, ‘तर केन्द्रबाट कुनै निर्देशन आएपछि मात्रै यो प्रक्रिया थाल्ने कि भन्ने विषयमा अड्किएका हौं। सम्भवतः यसै हप्ताभित्रमा एमालेका सबै मन्त्रीहरूले राजिनामा दिन्छौँ।’

बागमती प्रदेश सरकारबाट आजभोलिमै बाहिरिने रणनीति तयार भैरहेको एमाले बागमती प्रदेशका सचेतक मधुसूदन पोडेलले बताए।

केन्द्रको निर्देशन अनुसार नै आफूहरूले पनि निर्णय लिने बताउँदै सचेतक पौडेलले भने, ‘अहिलेसम्म त यही दिन राजीनामा दिने भन्ने ड्राफ्ट बनिसकेको छैन। तर धेरै ढिलो गर्दैनौँ। सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्रीज्यूहरू बाहिरिनुभयो। हामी पनि छलफल गर्दैछौँ। सायद यो हप्ता कट्दैन।’बागमती प्रदेश सरकारमा नेकपा एमालेका ५ जना मन्त्री छन्। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वाथ्यमन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारणमन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन्।  