सरकारले राजीनामा दिँदैन, ३० दिन पनि काट्दैन :  प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताए ।प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भने– ‘ सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन ।’

उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताए ।