नेकपा एमाले लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे

नेकपा एमाले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई सामूहिक राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरु आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी रहेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको एमालेले जनाएको छ । यो सँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ ।