गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी

 गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।

सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्णइजलासले योबारेमा फैसला सुनाउने छ ।

न्यायाधीश सपनाप्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एक मत हुन नसकेपछि बिहीबार मुद्दाको टुंगोमा पुग्न सकिएन ।