वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

प्रचण्डपथको अवशानपछि पतनतिर प्रचण्ड

कुनै बेला माओवादी प्रचण्डपथमा चलेको थियो। ०५७ मा तत्कालिन माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’बारे उल्लेख गरेका थिए। 

सामुहिक नेतृत्वको केन्द्रिकृत अभिब्यक्तिका रुपमा विकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ नामाकरण गर्दछ भनेर माओवादीले अनुमोदन गरेको थियो। त्यसपछि माओवादी सशस्त्र द्वन्द्वमा होमियो। ०६२, ०६३ को जनआन्दोलनपछि पनि माओवादी प्रचण्डपथमा थियो। 

https://barnanmedia.com/news/detail/181596/

पेच फुस्किएका कुर्सीमा प्रचण्ड टाँस्सिइरहे थप दुर्घटनाको सामना गर्नुपर्ने

देशका दुई प्रमुख ठूला शक्ति नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेका छन् । ती दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन पनि फिर्ता गरिसकेको छ । यी दुई दल एक ठाउँमा उभिइसकेपछि अब कसै गरी पनि प्रचण्डले संसदमा बहुमत पुर्‍याउने ठाउँ र सम्भावना छैन । तैपनि प्रचण्ड धारा ७६ को उपधारा ३ को पासा फ्याँकेर कांग्रेस सभापति शेरबहादुर देउवा परी पो हाल्छन् कि भनेर दाउ हेर्दै छन् ।https://barnanmedia.com/news/detail/181600/

संवैधानिक इजलासको एउटा मुद्दा फैसला

संवैधानिक इजलासले बिहिबार एउटा मुद्दा फैसला गरेको छ ।

 

प्रधानन्यायाधीश सहित सर्वाेच्च अदालतका पांचजना न्यायाधीश रहेको सबैभन्दा ठूलो इजलास मानिने संवैधानिक इजलासले बिहिबार दिनभरी लगाएर भरतमणि जंगम विरुद्ध नेपाल सरकार भएको एउटा रिटमा फैसला गरेको हो ।

लगाउमा रहेका पांचवटा रिटमध्ये एउटामा परमादेश जारी, एउटा खारेज र एउटामा माग दावी नपुग्ने र दुईवटामा निर्देशनात्मक आदेश जारी भएको हो । लगाउमा जतिवटा मुद्दा भएपनि त्यसलाई एउटै मान्ने प्रचलन छ ।

भ्रामक समाचारको खण्डन

आज बिहीबार ‘‘बिजमाण्डु’’ नामक एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारमा भनिएजस्तो सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटपछि सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने मनस्थिति बनाएको भन्ने समाचार अत्यन्तै भ्रामक र तथ्यहीन हो । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटअघि नै २०८१ असार १८ गते मंगलबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संसदसमक्ष प्रस्तुत हुनुपर्ने निर्णय लिएको थियो । पार्टी पदाधिकारीको सोही निर्णयअनुरूप भेटमा प्रधानमन्त्रीले सम्माननीय राष्ट्रपतिज्यूलाई आफू संवैधानिक प्रक्रियाअनुरूप नै अगाडि बढ्ने जानकारी गराउनुभएको थियो ।

https://barnanmedia.com/news/detail/181611/

अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति भएको छः उपप्रधानमन्त्री श्रेष्ठ

असारः उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति कायम भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले अन्तर्राष्ट्रिय सीमा विवादका विषयमा उठाइएको प्रश्नको जवाफमा राष्ट्रिय सहमति कायम भएको उल्लेख गर्नुभएको हो । 
    
उहाँका अनुसार नेपाल–भारतबीचको सुगौली सन्धि-१८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली÷महाकाली नदीको पूर्वका सबै भूभाग नेपालको हो भन्ने विषयमा सरकार दृढ र स्पष्ट छ । 

जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ : परेका झालाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो 

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । 

 

 

ओलीद्वारा एसइईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन्।

बिहीबार रुपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले सो घोषणा गरेका हुन्।एसइई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने उनले बताए। 

एमालेले लियाे सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन् ।एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने– ‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो । साथै समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ । हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो ।’

सभापति लामिछानेभन्दा मोदीलाई भेट्न सजिलो छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँग भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको टिप्पणी गरेका छन्। समिक्षा यात्रामा सभापतिमाथि नै पहिलाे पटक प्रश्न उठेकाे प्रसं‌ग उठाउँदै उनले यस्ताे बताएका हुन् ।

साथै उनले सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?’, उनले उल्लेख गरेका छन् ।

एकीकृत समाजवादीको अध्यक्ष सहित तीन पदमा सर्वसम्मति

नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष सहित तीन पदमा सर्वसम्मति भएको छ।

एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष चयन भएका हुन्। महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको एकीकृत समाजवादीका नेता विरोध खतिवडाले बताए।

त्यस्तै, महासचिवमा घनश्याम भुसाल चयन भएका छन्। उनी यसअघि पनि महासचिव थिए।एकीकृत समाजवादीको सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन्। उनी यसअघि पनि सम्मानित नेता थिए।

रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ। 

ढकालले देशका विभिन्न ३८ जिल्लामा पुगेर तयार पारेको प्रतिवेदन बुधबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदन सार्वजनिक गर्दा प्रत्यक्ष प्रशारण गर्न माग मुकुलले राखे पनि पार्टीले त्यसलाई अस्वीकार गरेपछि हिजोको बैठकमा उनी मुखमा टेप लगाएर बसेका थिए। 

उनको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनलाई पार्टीले निलम्बन समेत गरेको छ। 

सार्वजनिक ३२ पेजको प्रतिवेदनमा उनले पार्टीभित्रका कमिकमजोरीलाई केलाएका मात्र छैनन् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको राजनीतिलाई नै विराम लगाउने कुरा उल्लेख गरेका छन्।

घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइ कृष्ण तामाङको निर्देशन बमोजिम घुसमाग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले बिचौलिया धुर्व बहादुर कडायतलाई सेवाग्राहीबाट नगदसहित पक्राउ गरेको थियो ।

नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताउनुभएको छ ।

 राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले निगमको सञ्चालन र व्यस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदनअनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री तमाङले निगमको व्यवस्थापन सुधारका लागि मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन अनुरुप काम गर्न लागिरहेको बताउनुभयो । 

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

 जयपृथ्वी नगरपालिका-४ गोलाई स्थित सेती नदीको बीच भागको खाली बगरमा सोही नगरपालिका-१० बस्ने ४५ वर्षीय रमेश बादी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, वीरगंज महानगरपालिका-१० अशोक बाटिका टोल बस्ने ७० वर्षीय प्रभु साह कानु आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

१६ वर्षीया किशोरी बलात्कृत ,चन्द्रागिरिबाट एक युवक पक्राउ

 

चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो ।