बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य
![](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-1280x720-1-exam%2520(1)_UxqRYXVYNM_jpfkitapuyukqxur5fefmv6glieorkrkheqsjsn2ooddki4x3p46cyjr3zaw_JmGmCg1sOc_4admvridopwplfm8trkfhesaief6aqk6g57o7c8rmucmexc6pjyaz9cp3bhx.jpg)
यहाँका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका छन् । एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो ।
परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएकाले सोको प्रभाव एसइई नतिजामा देखिएको उहाँले बताउनुभयो ।
नतिजाअनुसार सबैभन्दा बढी सुर्नया गाउँपालिकाका छवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । दशरथचन्द नगरपालिकाका चार, मेलौली नगरपालिकाका तीन, दोगडाकेदार गाउँपालिकाका दुई, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका एक–एक विद्यालयको नतिजा शून्य आएको हो ।
सुर्नयाका राष्ट्रिय मावि फाटीगडा, नेपाल राष्ट्रिय मावि ग्वानी, सिगास मावि मुसे, केदार मावि कठमडा, कैलपाल मावि झाडबो र उदयदेव मावि पालीगडाको नतिजा शून्य आएको छ ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका गुरुकुल मावि सेरा, सरस्वती संस्कृत मावि नगतडी, शोभा मावि देउमडा र कैलपालेश्वर मावि ऐँचेकाँडाको नतिजा शून्य आएको छ । यस्तै मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थान, सुदर्शन मावि लिखोडा र भरतपुर मावि गाउँकोट तथा दोगडाकेदार गाउँपालिकाको रौलेश्वर मावि कफलकोट र चनैराज मावि बडियाको नतिजा शून्य आएको छ ।
यसैगरी पाटन नगरपालिकाको निलपालेश्वर मावि डङसिली, सिगास गाउँपालिकाको भूमेश्वर मावि थला र पञ्चेश्वर गाउँपालिकाको देवथला मावि बस्कुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
जिल्लाबाट २०८० सालको एसइईमा सहभागीमध्ये ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका शिक्षा विकास एकाइका प्राविधिक सहायक भट्टले जानकारी दिनुभयो । परीक्षाका लागि पाँच हजार ८७ ले फारम भरेकामा चार हजार आठ सय ९४ जना सहभागी भएका थिए ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । “सहरबजारका विद्यार्थी सबै प्रविधिको पहुँचमा हुने र दुर्गमका विद्यार्थी सबै प्रविधिका बारेमा जानकार नहुँदा पनि नतिजा कमजोर आएको हो”, उहाँले भन्नुभयो । ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिकस्तर सुधार गर्न तिनै तहका सरकारले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
![एमालेको संसदीय दलको बैठक आज बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AE%25E0%25A4%25AE%25E0%25A4%25AE_j7zOx3U9dD_ragoskinzptm4ygek9z47hpyhnmditrwatiwqw70k4kwdtllgzthunj6vy81_eKrsKfsGwl_xfbfxzo4y5fhb6cu3cqvicigz3uqwmtynpg3ie0cto8sebwvagkj6hj4zxfr.jpg)
एमालेको संसदीय दलको बैठक आज बस्दै
![नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी](https://snowberry.prixacdn.net/media/gallery_folder/4322_iN9vzLIRkX_arxqcyrhjlhamrbpjclhn73fxragdo9racu7yenjwv6xc6o6cntk0j6qnim9_tOaa7Zwlrg_wvtnqmdsy3yf7yf9dbp5p6pe30wq5uw6oqmtw2i1daj4yzj84srwmjmuezuu.jpg)
नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी
![नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/udar_s9CjC6JcpW_94lzvuijgspmz0lxluuxkhpxxmk9zlpv8s5odm5jujsmgil7nmkzkfluhffq_AbxuZXRCzp_9kf6nx8eb7bi6ioshwuloikqhg8uca6p8bjqku3ufrx95j8sptysvygdxh1i.jpg)
नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सार…
![मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा](https://snowberry.prixacdn.net/media/gallery_folder/5257020541609719662968423713Melamchi-khanepani-aayojana-sancharkarmi.._QRrwIhYjNe_ftmaafxt3joofoyyegv73yolwih0jqmjzcgtivd3sticfxrht8pabfwkqqup_eqF10sYwrt_bko5lz3xt1lwa3atyvzepa2onhicipqfd0ui3vqi3euu3zbiacw1kdouwwdn.jpeg)
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
![सप्तकोशीका ४१ ढोका खोलिए](https://snowberry.prixacdn.net/media/gallery_folder/saptakoshi_PBCS1ulIS4_74kxchnoamn4pfokzwmy1czwc2hf2djdzayg4evyp3b1rh3wztnu7vzhsnkm_1tuidompJG_4lmmfh2yhsj0mgvhnwx6snvrykvreu7qfpd3dbiy1csatn8cx1d0abuszdvp.webp)
सप्तकोशीका ४१ ढोका खोलिए
![प्रतिनिधि सभा बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sansad_LjhY8X1LIR_vmygws5tb2ag6qnmnvhsepbvyqkr9s67pbjslp0zbzdithvggu8hfoqiucrm_eYURPps200_o4jw7xxnplyjvtrfd1mtiubvfybqbzdzpdwqi95wun7k2ermyog8nzwd2feh.jpg)
प्रतिनिधि सभा बैठक बस्दै
![सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा](https://snowberry.prixacdn.net/media/gallery_folder/1620310043_Seti%2520badhi-1200x560_LHwFzljpvF_e5zjnigvu9l4y5h6gnf1czusafpdhm0u8ijc82pono8q88xuzrezrrkhm1rw_dnpC1Yg4GL_jgxtnuvmf6k7tfmifxd34eo6lkd0j6o6wcclmiukmdbkc8tfdkppzthgmzaa.jpg)
सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
![पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द ,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/prithivi-highway-780x470_s6uqqvSUjD_mflcmnvgtdqzzap0xuwqvbabdgp1znfqsakksxjthlkrbz4fzfc9smz4nvf3_fM66EPFCki_mdi34kw72zsymnbzynoljaznrxvpr1npjykjfjyzjsm5d2sjukjtwic7hlad.jpg)
प्रतिक्रिया