साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६ अंकले बढेको छ । १५.६ अंकले नेप्से बढेसँगै कारोबार पनि साढे छ अर्ब नजिक अर्थात् ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको भएर बजारको पुँजीकरण पनि ०.७३ प्रतिशतले बढ्यो ।

आजको कारोबारमा १४८ वटा कम्पनीको मूल्य वृद्धि भयो भने ९३ वटा कम्पनीको मूल्य भने घट्यो । त्यस्तै ६ वटा कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ ।

बिहीबार नेप्सेमा २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर कारोबार भयो जसमा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । त्यस्तै, आज भएको कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।