काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु संक्रमण पुष्टि

 देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ ।

७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

डेंगु संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ ।इडिसिडीको तथ्यांक अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लागरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । 

काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ ।

गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।